Our Stroy

परिचय: सुर्यनारायण कृषि सहकारी संस्था लि.

सुर्यनारायण कृषि सहकारी संस्था लिमिटेड (अंग्रेजीमा Suryanarayan Agriculture Co-operative Ltd.) को स्थापना २०६८ सालमा भएको थियो| यो संस्थाको कार्यालय काभ्रेपलान्चोक जिल्ला कोशिदेखा गा.वि.स वडा नं २ रघुनाथपुर, तिमालबेसीमा अवस्थित छ | 
हाम्रो दृष्टि तपाईहरुलाई विभिन्न माध्यमहरु बाट व्यवसायिक कृषि प्रणालीमा उत्प्रेरित गर्ने, चेतना जगाई बजारमुखी उत्पादनको तरिका, स्थलगत भ्रमण, तालिम आदिको माध्यमबाट कृषिको व्याबसयिकरण गराउने, उत्पादकत्व बढाउने र कृषि बजारमा सहज पहुँच पुर्याउन वित्तीय, प्राविधिक, सामाजिक र सांस्कृतिक सहयोग जुटाउनु हो| कृषिको उत्पादकत्व बढाउन कृषि सामाग्रीको सुलभता, सिंचाई, विद्युत, सडक र बजार जस्ता आधारभूत पूर्वाधार विकास गर्न मद्दत गरिने छ| यस बाहेक सुर्यनारायण सहकारी संस्था लि. साधारण बचत खाता, विशेष बचत खाता, आवधिक बचत खाता, मुद्दती बचत खाता, दोब्बर योजना, मासिक बचत खाता र बाल बचत खाता आदि जस्ता उत्पादनहरु प्रधान गर्दछौं| बैंकिङ क्षेत्रको आधुनिकीकरणका साथै ग्राहकलाई मद्दत गर्न हामीले यस समाजमा ल्याएका आविष्कारहरूको पक्षमा छौं।

निकट भबिष्यको योजना:

  • आफ्नो कार्यक्षेत्र भरि सदस्य तथा पुंजी बढाउने |
  • शेयरसदस्यहरुको सुबिधाको लागि सेवा केन्द्र विस्तार गर्ने |
  • सहज सुबिधाजनक ढंगले सेवा प्रदान गर्ने |

Mission

sdvsdgssfssd

Vision

समाजको आर्थिक र सामाजिक बिकास गर्न उत्प्रेरित गर्नु साथै अझै अत्याधुनिक प्रबिधिबाट सदस्यहरुमा छिटो छरितो तरिकाबाट सेवा सुबिधा प्रदान गर्ने |

Goal

बचत गर्ने बानि बसाल्न लगाइ आफुसंग भएको सिप र साधनलाई उपयोग गरि आफु र समाजको आर्थिक र सामाजिक बिकास गर्न उत्प्रेरित गर्नु साथै अझै अत्याधुनिक प्रबिधिबाट सदस्यहरुमा छिटो छरितो तरिकाबाट सेवा सुबिधा प्रदान गर्ने घर दैलोबाट निक्षेप र कर्जा संकलन गर्ने आदि नै यस संस्थाको मुख्य उद्देश्य रहेको छ।